अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई काेराेना संक्रमण
२०७७ भदौ १६ गते

काठमाडाैं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय केसीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियाे । साेमबार साँझ रिपाेर्ट पाेजेटिभ आएको हो । केसी हाेम आइसोसेलनमा बसिरहेका छन् ।
सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए । । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए ।
२०७७ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित









