अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई काेराेना संक्रमण

काठमाडाैं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय केसीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियाे । साेमबार साँझ रिपाेर्ट पाेजेटिभ आएको हो । केसी हाेम आइसोसेलनमा बसिरहेका छन् ।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए । । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =