साेमबार मृत्यु भएका पुरूषमा मंंगलबार काेराेना संक्रमण पुष्टि
२०७७ भदौ १६ गते

सांकेतिक तस्वीर। मकालु खबर।
विराटनगर । धरानस्थित वीपी काेइराला स्वास्थय विज्ञान प्रतिष्ठनमा गरिएकाे काेराेना भाइरस (काेभिड १९) काे पीसीआर परीक्षणमा साेमबार साँझ ज्यान गुमाएका एक पुरूषमा संक्रमण पुष्टि भएकाे छ ।
मृत्युपछि गरिएकाे स्वाब परीक्षणमा धरान उपमहानगरपालिका-११ बस्दै आएका ६५ वर्षीय पुरुषकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएको हो । काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि घरैमा गएर उनकाे स्वाब परीक्षण गरिएकाे थियाे ।
मृतकमा ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।
२०७७ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित









