संजय दत्तलाई क्यान्सर भएको पुष्टि
२०७७ साउन २८ गते

अभिनेता सञ्जय दत्त। फाइल फोटो।
काठमाडौं । केही दिन अगाडि स्वास्थ्यमा खराबी आएपछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका अभिनेता संजय दत्तलाई क्यान्सर पुष्टि भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनको चेकअप गराइएको थियो । मंगलबार बेलुका आएको रिपोर्टमा उनको फोक्सोमा थर्ड स्टेजको क्यान्सर देखिएको हो ।
अब उनी उपचारको लागि अमेरिका जान सक्ने बताइएको छ । क्यान्सर भएको रिपोर्ट आएपछि संजयले केही समयका लागि सिनेमाबाट विश्राम लिने भएका छन् ।
मंगलबार संजय अभिनित सिनेमा ‘सडक २’को ट्रेलर रिलिज गरिने बताइएको थियो । तर, उनको खराब स्वास्थ्यका कारण बुधबार मात्रै ट्रेलर रिलिज गर्न सम्भव भएको छ ।
२०७७ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








