पाँचजना सदस्यले बोलेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक भोलि
२०७७ असार १७ गते

तस्बिर: राजन काफ्ले/ प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ । पाँचजना सदस्यहरुले बोलेपछि बुधबारको बैठक स्थगित गरिएको हो ।
आज लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई , नन्द प्रसाईं, पेशल खतिवडाले बैठकमा आ–आफ्नो धारणा व्यक्त गरेका छन् । आज बाेलेकामध्ये अधिकांश सदस्यले पनि सरकारको आलोचना गरेको बताइएकाे छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस सांसल ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ। त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको हाे ।
कमिटीको अर्को बैठक भोलि ११ बजे बस्ने छ ।
२०७७ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








