कोरोना संक्रमणबाट बाराका पाँच वर्षीय बालकको मृत्यु भएको पुष्टि

काठमाडौं। वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। मृत्युपछि पिसिआर जाँच गर्दा बालकमा कोरोना पोजिटिभ देखिएको हो।

उच्च ज्वरोसहित अस्पताल भर्ना भएका बालकको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। अस्पतालका निर्देशक डाक्टर आनन्दकुमार झाले बालकको भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउँन नसकिएको बताए। अस्पतालका अनुसार शुक्रबार उपचारका लागि ल्याउँदा बालकको दुई पटक गरिएको आरटीडी परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

त्यसपछि आइसोलेसनसहित भेन्टिलेटरमा राखेर उपचारका गर्दा शुक्रबार साँझ उनको मृत्यु भएपछि थप पुष्टिका लागि पिसिआर जाँच गरिएको हो। आज पीसीआर रिपोर्ट पनि पोजिटिभ आएपछि शव नेपाली सेनालाई हस्तान्तरण गरिसकेको अस्पतालले जनाएको छ।

बालकसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि करैयामाई गाउँपालिकाका एक ७० वर्षीय वृद्धमा कोरोना पोजिटिभ देखिएको थियो। बारामा कोरोना पोजिटिभ हुनेको संख्या ९३ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =