शपथ खाएर जेलमै फर्किन्छन् रेशम चौधरी ?

 

पुस १९, काठमाडौँ । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी सांसद पदको शपथ लिन सिंहदरबार आउने तयारी छ । 

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज पदको सपथ लिएतापनि उनलाई पुनः कारागार नै लगिनेछ । उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन् ।  

null

सांसद चौधरीको सेवा सुविधा रोक्का हुनेछ भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पनि नपाउने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । 

उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्। चौधरी राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित भएका थिए । 

कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या भएको थियो। सोही घटनाको मुद्दामा रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । 

उनीमाथि टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोप छ र उनी फरार भएका कारण शपथ हुन सकेको थिएन । उनलाई गएको फागुनमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =