पेस्तोलसहित सेनाका भगौडा पक्राउ
२०७६ पुस ९ गते

पुस ९, काठमाडौँ । प्रहरीले विशेष सूचनाको आधारमा हतियार बोकेर हिँडिरहेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिकास्थित बालुवाखानीमा पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उक्त व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवा रहेको हाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले जनाए ।
पक्राउ परेका बर्देवा नेपाली सेनाको भगौडा भएको खुल्न आएको उपरीक्षक ढकालले बताए । प्रहरीका अनुसार बर्देवाको साथबाट एक थान पेस्तोल फेला पारिएको र हाल उनीमाथी अनुसन्धान भईरहेको छ ।
२०७६ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








