पेस्तोलसहित सेनाका भगौडा पक्राउ

पुस ९, काठमाडौँ । प्रहरीले विशेष सूचनाको आधारमा हतियार बोकेर हिँडिरहेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।   

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिकास्थित बालुवाखानीमा पेस्तोल  बोकेर हिँडिरहेको अवस्थामा उक्त व्यक्तिलाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा  रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवा रहेको हाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले जनाए ।   

पक्राउ परेका बर्देवा नेपाली सेनाको भगौडा भएको खुल्न आएको  उपरीक्षक ढकालले बताए ।  प्रहरीका अनुसार बर्देवाको साथबाट एक थान पेस्तोल फेला पारिएको र हाल उनीमाथी अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =