इन्स्पेक्टर र हवलदार घुससहित रंगेहात पक्राउ
२०७६ पुस १० गते

पुस १०, बुटवल । रुपन्देहीमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।
रुपन्देहीको विष्णुपुराबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम ६ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरी रहेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार पक्राउ परेका उनीहरुले सेवाग्राहीसँग भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै घुस लिई रहेका थिए ।
हाल उनीहरु दुवैको अख्यिारको बुटवल कार्यालयमा अनुसन्धान भईरहको छ ।
२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








