इन्स्पेक्टर र हवलदार घुससहित रंगेहात पक्राउ

पुस १०, बुटवल । रुपन्देहीमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।   

रुपन्देहीको विष्णुपुराबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  घुस रकम  ६ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा रुपन्देहीको  गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र  प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र  प्रसाद चौधरी रहेको अख्तियारले जनाएको छ ।   

Image result for प्रहरी घुस लिदैँ

अख्तियारका अनुसार पक्राउ परेका उनीहरुले सेवाग्राहीसँग भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै घुस लिई रहेका थिए ।   

हाल उनीहरु दुवैको अख्यिारको बुटवल कार्यालयमा अनुसन्धान भईरहको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =