तीन बजेका लागि सर्‍यो रेशम चौधरीको शपथ

 

पुस १९, काठमाडौँ । टिकापुर काण्डका मुख्य अभियुक्त राजपा नेता रेशम चौधरीले आज सपथ लिने भएका छन् । 

कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या भएको थियो। सोही घटनाको मुद्दामा जेल सजाय भोगिरहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई आज साढे ११ बजे सपथ ग्रहण गराउने तय भएकाे थियाे । तर कारागारबाट ल्याउने प्रक्रिया पूरा गर्दा केही समय लाग्ने भएकाले सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएकाे छ । 

null

चौधरी जेलबाट सीधै सिंहदरबार आउने र सभामुखको सभाकक्षमा शपथ ग्रहण गर्ने सभामुखका प्रेस सल्लाहकारले जानकारी दिए । चौधरी हाल केन्द्रीय कारागारमा छन्। 

घटना भएको ३० महिनापछि फागुन १४ गते उनी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। 

टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ लिन पाएका थिएनन्। पार्टीका नेताहरूले सांसद चौधरीलाई सपथ दिलाउन बारम्बार माग गर्दै आएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =