मतदान केन्द्रमा सुतलीबम विस्फोट
२०७४ जेठ १५ गते

मंसिर १९ , सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–२० स्थित ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा मंगलबार सुतलीबम विस्फोट गराइएको छ ।
अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । धरान–चतरा सडकखन्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।
बम विस्फोटबाट कुनै क्षति भने नभएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








