नयाँ नयाँ अनुहारसहितको पहिलो मन्त्रिपरिषद् बैठक आज

काठमाडौँ । नयाँ नियुक्त भएका मन्त्रीहरुसहितको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक अहिले ५ बजेदेखि बस्न लागेको हो।

पुनर्गठित मन्त्रिपरिषदमा नेता विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, महिला बालबालिका तथा सामाजिक विकासमा लीला श्रेष्ठलाई मन्त्री बनाइएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्।

प्रतिक्रिया