समानुपातिक सांसदले पाए प्रमाण पत्र

काठमाडौं, माघ ५ । प्रदेशसभाका समानुपातिक सांसदहरुले प्रमाण पत्र पाएका छन् । संवैधानिक व्यवस्था अनुसार प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले प्रदेशका समानुपातिक सांसदहरुलाई प्रमाण पत्र वितरण गरे ।

निर्वाचन आयोगले शुक्रबार आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच प्रदेशसभा समानुपातिकका २ सय २० जना सांसदहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको हो ।

प्रदेशसभाका प्रत्यक्षतर्फका १ सय १० जना सांसदहरुले यस अघि नै प्रमाण पत्र लिइसकेका छन ।

प्रदेशको समानुपातिकमा एमालेका ७५, काँग्रेसको ७२, माओवादी केन्द्रको ३५ जना निर्वाचित भएका छन् । त्यसैगरी संघीय समाजवादी फोरम, नेपाल १३, राष्ट्रिय जनता पार्टी, नेपालको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३, विवेकशील साझा पार्टीको ३, राष्ट्रिय जनमोर्चा, नेपालको २ जना प्रदेशको समानुपातिक सांसदमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *