मतदान केन्द्रमा सुतलीबम विस्फोट

मंसिर १९ , सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर–२० स्थित ज्वालामुखी माध्यमिक विद्यालयको पटनाली मतदान केन्द्रमा मंगलबार सुतलीबम विस्फोट गराइएको छ ।

अज्ञात दुई व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट गराएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । धरान–चतरा सडकखन्डको चारकोसे जंगलनजिकैको पटनाली मतदान केन्द्रमा विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् ।

बम विस्फोटबाट कुनै क्षति भने नभएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =