जेलमुक्त भए सुडान घोटाला काण्डका नाइके शम्भु भारती

पुस २०, काठमाडौं । ‘सुडान घोटाला प्रकरण’ मा भ्रष्टाचारी ठहर भएका शम्भु भारती आज (आइतबार) जेलमुक्त भएका छन् ।   

सर्वोच्च अदालतको आदेशमा रिहा भएका शम्भुले अब जेल बाहिरै बसेर मुद्दा लड्न पाउने छन् । जेल बाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वोच्चमा पूनरावलोकन निवेदन दिएका थिए ।   

राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भएको भ्रष्टाचारमा उनलाई सर्वोच्चले उनी दोषी ठहर गरि १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजायको फैसला सुनाएको थियो।  

Image result for शम्भु भारती

०६८ जेठ २४ गते सुडानमा खटिने प्रहरीको मिसन टोलीका लागि सामान खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।   

सो मुद्दामा विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको फैसला सुनाएको थियो । जसमा विशेष अदालतले कम्पनीका डाइरेक्टर माइकल राइडरलाई दुई वर्ष कैद र ५६ करोड ८० लाख जरिवाना, ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो।  

मुद्दा दायरपछि फरार रहेका उनलाई १२ भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ उनलाइ पक्राउ गरेकाे थियाे । उनी सदरखोर डिल्लीबजारमा थिए । उनले भदौ १७ गते उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट कात्तिक २१ र मंसिर १९ गते पेसीमा चढे पनि सुनुवाई भएको थिएन ।   

भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए।   

भारतीले अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि भई सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपीयुका लागि आवश्यक बन्दोबस्तीको सामान खरिद गर्न नेपाल प्रहरीसँग ७ सेप्टेम्बर २००७ मा सम्झौता गरेका थिए। 

तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा भारतीले स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *