काठमाडौं उपत्यकामा आज पनि राम्रोसँग घाम नलाग्ने

काठमाडौं, माघ १९ । काठमाडौं उपत्यकामा शुक्रबार पनि राम्रोसँग घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाडौंमा अहिले लागेको कुहिरो दिउँसोसम्ममा हटेपनि तुवाँलो लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।

बिहीबार पनि तुवाँलोका कारण घाम राम्रोसँग लागेको थिएन । यस्तै पूर्वी भेगमा बनेको न्यूनचापीय रेखाको प्रभावले आज पनि  पूर्वको मौसम आशिंक बदली हुने उहाँले जानकारी दिनुभयो । पश्चिममा पनि पश्चिमी वायुको प्रभावले मौसम बदली हुने उहाँको अनुमान छ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =