काठमाडौं उपत्यकामा आज पनि राम्रोसँग घाम नलाग्ने
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १९ । काठमाडौं उपत्यकामा शुक्रबार पनि राम्रोसँग घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाडौंमा अहिले लागेको कुहिरो दिउँसोसम्ममा हटेपनि तुवाँलो लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।
बिहीबार पनि तुवाँलोका कारण घाम राम्रोसँग लागेको थिएन । यस्तै पूर्वी भेगमा बनेको न्यूनचापीय रेखाको प्रभावले आज पनि पूर्वको मौसम आशिंक बदली हुने उहाँले जानकारी दिनुभयो । पश्चिममा पनि पश्चिमी वायुको प्रभावले मौसम बदली हुने उहाँको अनुमान छ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद श्रेष्ठले बताउनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








