नेपाली विमानमाथि इयुले लगायो फेरि प्रतिबन्ध
२०७४ जेठ १५ गते

मंसिर १९, काठमाडौं । युरोपियन युनियन इयुले नेपाली विमानलाई युरोपेली आकाशमा उड्न पुनः प्रतिबन्ध लगाएको छ ।
चार वर्षदेखि युरोपेली आकाशमा उड्न लगाएको प्रतिबन्ध फुकुवा गरेको केही समयमै इयुले सुरक्षाको कारण देखाउँदै पुनः प्रतिबन्ध लगाएको हो ।
गएको हप्ता हवाई सुरक्षा सूचि अध्यावधिक गर्दै इयुले नेपाली विमान युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाइएको जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुधारबारे प्रतिवेदन इयुलाई पठाएपनि इयुले भने लाइसेन्स प्रक्रिया, तालिमलगायतमा कमजोरी देखाउँदै प्रतिबन्ध लगाएको जनाएको छ । साथै उसले प्राधिकरणको कार्य क्षमतामा समेत प्रश्न उठाएको समाचारमा उल्लेख छ ।
इयुले नेपालसहित १ सय ७८ वटा विमान कम्पनीलाई पनि युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








