नेपाली विमानमाथि इयुले लगायो फेरि प्रतिबन्ध

मंसिर १९, काठमाडौं । युरोपियन युनियन इयुले नेपाली विमानलाई युरोपेली आकाशमा उड्न पुनः प्रतिबन्ध लगाएको छ ।
चार वर्षदेखि युरोपेली आकाशमा उड्न लगाएको प्रतिबन्ध फुकुवा गरेको केही समयमै इयुले सुरक्षाको कारण देखाउँदै पुनः प्रतिबन्ध लगाएको हो ।

गएको हप्ता हवाई सुरक्षा सूचि अध्यावधिक गर्दै इयुले नेपाली विमान युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाइएको जनाएको छ । नागरिक उड्ययन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुधारबारे प्रतिवेदन इयुलाई पठाएपनि इयुले भने लाइसेन्स प्रक्रिया, तालिमलगायतमा कमजोरी देखाउँदै प्रतिबन्ध लगाएको जनाएको छ । साथै उसले प्राधिकरणको कार्य क्षमतामा समेत प्रश्न उठाएको समाचारमा उल्लेख छ ।

इयुले नेपालसहित १ सय ७८ वटा विमान कम्पनीलाई पनि युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =