ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प, चारको मृत्यु, २५० बढी घाइते (फोटो फिचर)

काठमाडौं,  माघ २४ । मध्यरातको समय सबै सुतिरहेका थिए । तर, त्यही बेला गएको ६.४ रेक्टर स्केलको भूकम्पले ताइवानका विभिन्न सहर ध्वस्त भएका छन् । ठूल्ठूला अपार्टमेन्ट र घर तथा सडक भत्केका छन् ।

मंगलबार राति ११ बजेर ५० मिनेटमा ताइवानको हुवालिन सहरमा गएको शक्तिशाली भूकम्पले अहिलेसम्म चारको मृत्यु र साढे दुई सयजना घाइते भएका छन् । सरकारले ताइवानमा आपतकाली सेवाका लागि तयार रहन निर्देशन दिएको छ ।

ठूला घर र अपार्टमेन्टमा फसेका मानिसहरूलाई बाहिर निकालिसकिएको छ । एक १० तले अपार्टमेन्ट सडकतर्फ निहुरेको छ । ताइवानमा दुईवटा प्लेट आपसमा मिलेकाले नियमितजसो भूकम्प जाने गरेको भौगार्भिक शास्त्रीहरूले जनाएका छन् ।
एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =