
मंगलबार राति ११ बजेर ५० मिनेटमा ताइवानको हुवालिन सहरमा गएको शक्तिशाली भूकम्पले अहिलेसम्म चारको मृत्यु र साढे दुई सयजना घाइते भएका छन् । सरकारले ताइवानमा आपतकाली सेवाका लागि तयार रहन निर्देशन दिएको छ ।

ठूला घर र अपार्टमेन्टमा फसेका मानिसहरूलाई बाहिर निकालिसकिएको छ । एक १० तले अपार्टमेन्ट सडकतर्फ निहुरेको छ । ताइवानमा दुईवटा प्लेट आपसमा मिलेकाले नियमितजसो भूकम्प जाने गरेको भौगार्भिक शास्त्रीहरूले जनाएका छन् ।
एजेन्सीको सहयोगमा















