विकाशले नयाँ गति लिने प्रचण्डको विश्वास

काठमाडौं, भदौ ३० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकाश र समृद्धिको एजेण्डामा राजनितिक दलबिच समान विचार र धारणा रहेकाले आर्थिक विकाशले नयाँ गति लिने विश्वास व्यतm गरेका छन ।

नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टीको तर्फबाट र सरकारका तर्फबाट पनि कर्मचारी तन्त्रका समस्या, ऐन कानुनका समस्या समाधान गर्नका लागि सकारात्मक ढंगले पहल हुनेछ ।’

उनले यस काममा केही चुनौतिहरु रहेको बताए । ऐन कानुनमा गर्नुपर्ने सुधार, कर्मचारीतन्त्र, निर्माण व्यवसायीहरुबीचका अन्तरविरोध तथा दुवैमा पारदर्शिता, स्वच्छता र सुशासन कायम गर्ने कुरा यति बेलाको मुख्य चुनौति बनेको प्रचण्डको भनाइ छ ।

सरकारको समृद्धिको यात्रामा निर्माण व्यवसायीहरुको भूमिका स्वभावैले गुणात्मक ढंगले बढ्न गएको बताउँदै उनले भने, ‘यस क्षेत्रमा विगतको विरासतका रुपमा रहेका थुप्रै समस्याहरु छन् र यो समस्या समाधान गर्न हामीले मिलेर काम गर्नुको कुनै विकल्प छैन ।’

उनले निर्माण व्यवसायीहरुभित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई सुधार्न सुझाव दिए । उनले समयमै गुणस्तरीय काम गर्न नेपाल निर्माण व्यवसायी संगठनलाई निर्देशन पनि दिए ।‘तपाईंहरुले पनि आफूभित्र रहेका कमजोरी के छन् भनेर गम्भीर आत्मसमिक्षा गर्ने र यो एउटा प्रगतिशीलहरुको, कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने निर्माण व्यवसायीको मोर्चा हुनुको नाताले निर्माण व्यवसायीमा रहेका विसंगती हटाउने, समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन अग्रणी भूमिका खेल्नुपर्छ, उनले भने ’पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित कामको निम्ति निर्माण व्यवसायीले जो अवधि खोज्नु भएको छ, तपाईंहरुका जायज समस्याहरु जे छन् त्यसका बारेमा पक्कै पनि पार्टीले र सरकारले सकारात्मक ढंगले हेर्ने छ ।

अध्यक्ष दाहालले भने जबसम्म देशभित्र निर्माण व्यवसायीलाई सुरक्षित र स्वच्छ वातावरण दिन सकिँदैन काम गर्नको निम्ति, विदेशी लगानी भित्राउन पनि सकिँदैन र निर्माणको ऐतिहासिक आवश्यकता पूरा गर्न कठिन हुन्छ,’

ठूला कम्पनीहरुको मात्रै एकाधिकार नरहने व्यवस्था गर्ने बताउँदै उनले ‘सबैभन्दा पहिला देशभित्रकै हाम्रै व्यवसायीलाई सुरक्षित गर्ने र केही ठूला ठेकेदार कम्पनीहरुको मोनोपोली एकाधिकार लाई तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्ने’ वातावरण सिर्जना गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =