उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट : नेपाल – भारतसँग खेल्दै

“काठमाडौं, भदौ २९ । भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।

नेपाली टोलीमा आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् ।

टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =