पाँच देशमा प्रस्तावित राजदूतविरूद्ध उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले पाँच देशमा प्रस्तावित राजदूतविरूद्ध उजुरी आह्वान गरेको छ। मन्त्रिपरिषद्ले विभिन्न देशमा राजदूत प्रस्ताव गरेकाहरू विरूद्ध कुनै उजुरी भए पुस २८ सम्म समितिलाई दिन सकिनेछ। 

यसअघि सरकारले  गणेश प्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको थियो। 

मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवम् स्वीट्जरल्याण्डका लागि आवासीय र इटाली, सान मारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरेको थियो। 

null

त्यस्तै दीपक अधिकारी फ्रान्सका लागि आवासीय र एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस भएका थिए। 

भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय र क्युबा तथा जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गरेको थियो भने दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस भएका थिए। 

समितिले उजुरी संकलन गरेपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्नेछ। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =