बोक्सीको आरोपमा बुहारीले गरिन् आफ्नै सासुको हत्या

दाङ, भदौ १६ । दाङमा एक महिलाले आफ्नै सासुको हत्या गरेकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ की टंक रावतले झाँक्रीका तर्कमा बहकिएर बोक्सीको आरोपमा ६९ वर्षीय सासु खोपी रावतको हत्या गरेकी हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । प्रहरीको बयानमा झाँक्रीले सासु बोक्सी रहेको बताएपछि आफुले हत्या गरेको बताएकी छिन् ।

टंकी रावतले सासु खोपी रावतको गत भदौ १२ गते सल्यानको कपुरकोट नजिकै लाठ्ठी प्रहार गरि हत्या गरेकी हुन् ।

झाक्रीकोमा झारफुक गर्न बुहारी र सासु सँगै गएका थिए । भदौ ५ गते झारफुक गरेर फर्कने क्रममा हत्या भएको प्रहरीले जनाएको छ ।

टंकीले आफू लगातार बिरामी भइरहँदा झारफुक गर्ने क्रममा अधिकांश झाँक्रिले आफ्नै सासु नै बोक्सी भएको र उनी बाँचुन्जेल आफु बिरामी भइरहने भन्ने बताएपछि उनले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनामा संलग्न टंकी रावतलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । भदौ २ गते कपुरकोट गाँउपालिका वडा नम्वर २ शिवमन्दिर सामुदायीक वनको भकमको भिर जंगलमा सासु खोपीलाई लाठ्ठीले प्रहार गरि मारि बुहारी टंकी त्यहाबाट भागि कृष्णनगर लुकि राखेको अवस्थामा प्रहरीले भदौे १५ गते पक्राउ गरेको हो ।

हत्या गरिएकी खोपीको शव घटनास्थलमा भदौ १५ गते सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =