आज काठमाडौं उपत्यकामा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, १७ चैत्र । आज आइतबार काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा दिउँसो र साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । गएराति असिना र मेघगर्जनसहित पानी परेको थियो । अहिले देशको पूर्वी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । महाशाखाका अनुसार पूर्वी भू–भागका धेरै तथा मध्य र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ । 

त्यस्तै, हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले अहिले प्रि–मनसुन भएकाले यस्तो बेला हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएकाले सचेत रहन समेत आग्रह गरेको छ । 

null

 

वर्षाका कारण बाटोभरी पानी जम्दा गाडी चलाउन समस्याहिजो रातिका वर्षाका कारण बाटोभरी पानी जम्दा गाडी चलाउन समस्या भएको छ । हिलो बाटोले हिड्न समेत समस्या छ । देशको राजधानी काठमाडौंको ढल निकासको व्यवस्था अत्यन्त कमजोर छ । केहीबेर पानी पर्दा काठमाडौंका अधिकांश सडक पानीले भरिए । सडकपेटी पनि पूरै पानीले ढाकिँदा पैदल यात्रुलाई समेत समस्या पर्‍यो । काठमाडौंको ढल निकासको व्यवस्था भद्रगोल पाराको छ । सडकको पानी ढलभित्र जाने राम्रो व्यवस्था गरिएको छैन । 

अलि ठूलो पानी पर्नासाथ काठमाडौंका सडकमा यस्तो समस्या बारम्बार भइरहने गरेको छ । ढल निकाससम्बन्धी हेर्ने निकायहरूबीच पनि समन्वय देखिँदैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानीको शुल्क लिँदा ढलको शुल्क पनि लिने गरेको छ । तर, उसले ढल निकासको व्यवस्थाका लागि केही काम पनि गर्ने गरेको छैन । काठमाडौं महानगरपालिका र सडक विभागबीच पनि समन्वय हुन सकेको छैन । यसैले ढलका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 2 =