पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच हुदै
२०७४ जेठ १५ गते

काठमाडौं, १२ मंसिर । काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने भएको छ ।
झापाको काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमको सहभागीता रहेको छ । यसअघि हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै आयोजक काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिजो भएको क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेता टिमले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १५ गते हुनेछ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








