पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच हुदै

काठमाडौं, १२ मंसिर । काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने भएको छ ।

झापाको काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमको सहभागीता रहेको छ ।  यसअघि हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै आयोजक काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेता टिमले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ ।  उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १५ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =