संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

 

पुस १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन् । 

संसदको चालू तेस्रो अधिवेशनमा प्रधानमन्त्रीले वाइड बडि विमान खरिदमा भएको अनियमितताका विषयमा बोल्ने स्रोतले जानकारी दिएको छ । 

null

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे छानबिन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै पूर्व दुई मन्त्री र बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सचिवहरुलाई कारवाही सिफारिस गरेको थियो । 

वाइड बडि घोटाला प्रकरणबारे सार्वजनिक रुपमा केही नबोलेका प्रधानमन्त्री ओलीले आजको संसद बैठकमा हुने सम्बोधनको क्रममा यसबारे बोल्ने अनुमान गरिएको हाे । 

१२ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीको सम्बोधन दिउँसो १ बजेतिर हुने गरी तयारी भएको संसद सचिवालयले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =