दुई नेकपा मिल्दा कांग्रेस संकटमा फस्यो
२०७६ जेठ ४ गते

जेठ ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपा शक्तिशाली हुँदा आफ्नो पार्टी संकटमा फसेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले यस्तो बताएका हुन् ।
null
पार्टीका सबैजना आफूविरुद्ध खनिएको गुनासो गर्दै सभापति देउवाले तत्कालीन एमाले र माओवादी मिल्दा कांग्रेसले हारेको स्पष्ट पारे ।
सभापति देउवाले भने, ‘कांग्रेस यसअघि पनि हारेको हो । गिरिजाबाबु र सुशील कोइराला सभापति हुदा पनि पार्टी नमिठो हिसाबले पराजित भएको थियो। तर कसैले बोलेन, अहिले मलाई मात्रै किन दोष ?’
उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए।
२०७६ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








