धनकुुटामा गोरु जुुधाई प्रतियोगिता, सिङ भाँचिए क्षतिपूूर्ति

धनकुटा । धनकुटाको पाख्रिवासमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ। स्थानीय युवाहरुको आयोजनामा आगामि माघ १ गते पाख्रिवास नगरपालिकाको मुगामा पहिलोपटक गोरु जुधाई प्रतियोगिता हुने भएको हो। 

प्रतियोगितामा सहभागी गराईने गोरुको इन्स्योरेन्ससमेत गराइसकेको छ। प्रत्येक वर्ष यसप्रकारको प्रतियोगिता गर्ने योजना बनाएको नविन बराइलीले बताए। प्रतियोगितामा सहभागी गोरुको मृत्यु भएमा क्षतिपूर्ति दिन इन्स्योरेन्स गरिएको छ। सिङ मात्रै भाँचिएका पनि क्षतिपूर्ति दिने आयोजकको भनाई छ। 

प्रतियोगिता भएको समयमा यहि स्थानमा माघी मेलासमेत लाग्ने छ। त्यसको लागि तयारी पूरा भइसकेको छ। मेला र प्रतियोगिता सञ्चालन गर्न तत्कालीन मुगा गाविस १ का वडाध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा माघी मेला आयोजक समिति समेत गठन गरिएको छ। 

null

मेला र प्रतियोगित सम्पन्न गर्न पाख्रिवास नगरपालिकाले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्थानीय युवाहरुले ३० हजार रुपैयाँ आर्थिक संकलन गरेका छन्। प्रतियोगितामा प्रथम हुने गोरुले १५ हजार रुपैयाँ पुरस्कार पाउने छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =