याे हाे पुरुष नियोजनको चक्की

 

चैत्र २९ ।  महिलाहरुले जस्तै पुरुषहरूले पनि परिवार नियोजनको लागि चक्की प्रयोग गर्न पाउने भएका छन । पुरुषहरूका लागि परिवार नियोजनको लागि कन्डम, भ्यासेक्टोमी मात्र नभइ चक्की पनि उप्लब्ध हुने भएको हो । 

उक्त चक्कीमा शुक्रकीट उत्पादन रोक्ने हर्मोन हुनेछ । चक्की बजारमा आउन भने अझै एक दशक लाग्न सक्ने एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा बताइएको छ । अनुसन्धानकर्ताहरूले शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्ने चक्की उत्पादनको लागि एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान गरिरहेका छन् । 

null

एन्डोक्राइन सोसाइटीको सम्मेलनमा चक्कीबारे उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको जनाएका छन् । पाँच पुरुषहरुले चक्कीको प्रयोग गरेका परीक्षणबाट तीन पुरुषहरुले यौन इच्छामा कमी आएको बताए भने दुई जनाले उत्तेजनामा कमी आएको तर यौन क्रियाकलापमा भने असर नपरेको बताइएको बीबीसीमा उल्लेख गरेको छ । 

उक्त चक्कीले जन्म रोक्छ की रोक्दैन भन्ने थाहा पाउनको लागि भने लामो परीक्षण आवश्यक्ता रहने बीबीसीमा खबर छ । एजेन्सी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *