जब माक्स लगाएर जिप्रका पुगिन् लाेक गायिका विष्णु माझी !

पुस २२, काठमाडौँ । चर्चित लोक गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणि अधिकारी आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित भएका छन् । राष्ट्रिय लोक गायिका विष्णु माझी गुमनाम भएको समाचारहरु बाक्लै रुपमा सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले चासो देखाएका थिए । 

प्रमुख जिल्ला अधिकारी निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती आइतबार स्याङ्जा पुगेका हुन् । विष्णु र सुन्दरमणि स्याङ्जा सिडियो कार्यालय आएको एसपी राजकुमार लम्सालले पुष्टि गरे । 

 

null

‘विष्णु माझी गुमनाम हुनुभयो, बेपत्ता हुनुभयो भन्ने समाचारहरु आए । त्यसैले के कस्तो हो भन्ने बुझ्नका लागि हामीले उहाँहरुलाई बोलाएका हौँ’, एसपी लम्सालले मकालु खबरसँग भने, ‘तर उहाँहरुले आफ्नो सम्बन्ध राम्रै भएको र मिडियामा आएजस्तो गुमनाम नभएको भन्नुभयो ।’ 

सोधपुछ गर्ने क्रममा सुन्दरमणि अधिकारीले ‘हामी एउटा उद्देश्यमा छौं, उद्देश्य पूरा नभएसम्म सार्वजनिक हुन सक्दैनौं । उद्देश्य पुरा भएपछि हामी आफैं मिडियामा आउँछौँ’ भनेको एसपीले जानकारी दिए ।  

पछिल्ला दिनहरूमा गायिका माझीका विषयमा उनलाइ दुखः परेकाे भन्दै लगातार अनेक समाचार प्रकाशित भइरहेका थिए । जिप्रकामा उपस्थित हुँदा समेत माक्स लगाएर उपस्थित हुँदा एसपी लम्सालले उनलाइ मास्क खाेल्न भनेका थिए । माझीकाे अनुहारमा त्यस्तो कुनै घाउचोट र खत देखा नपरेको लम्सालले जानकारी दिए । 

विष्णु माझी स्याङ्जा पुगेपछि विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएको एसपी लम्सालले बताए । ‘हामीले बुझ्नुपर्ने बुझिसक्यौँ । तत्काललाई बुझ्नुपर्ने अवस्था छैन । आवश्यक परेको खण्डमा हामी अनुसन्धान गर्छौँ’ उनले भने । 

११ वर्षपछि छोरी भेटेका विष्णुका बुवाले के जिज्ञासा राख्नुभयो भन्ने प्रश्नमा उनले विष्णुका बुवा ताराबहादुर बिरामी भएको र त्यस्तो कुनै प्रतिक्रिया नदिएको बताए । आमाले भने आफ्नो छोरीको भेट भइरहेको र भदौमा मात्रै काठमाडौँमा भेटेर फर्केको प्रतिक्रिया दिएको पनि उनले जानकारी गराए । 

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। 

यसअघि विष्णुका बुवा ताराबहादुर माझीले विवाहपछि छोरी गुमनाम जस्तै भएको र छोरीलाई भेट्न नपाएको ११ वर्ष भएको गुनासो पोखेका थिए । विष्णुकी आमाले भने समय समयमा भेट भइरहने बताएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *