अस्ट्रेलिया र डेनमार्क बराबरीमा, अघिल्लो चरणमा पुग्ने सम्भावना भने कायमै

काठमाडौँ, असार ७ । एसियाली टोली अष्ट्रेलिया र डेनमार्कले १-१ गोलको बराबरी खेलका छन् । समूह ‘सी’ अन्तर्गत बिहीबार सँझ भएको प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियामाथि सुरुआती अग्रता लिएको डेनमार्क अन्ततः अंक बाँड्न बाध्य भएको हो। डेनमार्कका लागि सातौं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गरेका थिए।

डेनमार्कको अग्रता पछि केही जोसिएको अष्ट्रेलियाले पहिलो हाफमै पाएको पेनाल्टी मार्फत ३८ औं मिनेटमा बराबरी गोल फर्काएको हो। डिबक्स भित्र डेनमार्कका युसुफ पउलसेनको ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई माइल जेडिन्कले सदुपयोग गरेका थिए।

पहिलो हाफमा बल नियन्त्रणमा समेत बलियो देखिएको डेनमार्कमाथि दोस्रो हाफको अन्तिममा पुग्दा अष्ट्रेलिया बलियो देखिएको थियो। खेल सकिनुअघि अष्ट्रेलिया बल नियन्त्रण र पास खेल्नमा ५१ प्रतिशत थियो। डेनमार्क ४९ प्रतिशतमा झरेको थियो।

समूहको पहिलो खेलमा पेरुलाई १-० गोलले हराएको डेनमार्कले चार अंक बनाएको छ। यसैगरी पहिलो खेलमा फ्रान्ससँग २-१ गोलले पराजित भएको अष्ट्रेलियाले एक अंक बनाएको छ। दुवै टोलीको अघिल्लो चरणमा पुग्ने सम्भावना भने कायमै रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =