श्रद्धाञ्जलि दिन प्रधानमन्त्री अाेली अस्पतालमा
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असार ५ । प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गर्नुभयो । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली र वरिष्ठ मन्त्रीहरु डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल पुग्नुभएको थियो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित