श्रीमतीलाई बञ्चरोले हानेर बार्दलीमा झुण्डिए श्रीमान्
२०७५ माघ ६ गते

माघ ६, काठमाडौँ । कैलालीमा एक ३५ वर्षीया युवकले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
आइतबार बिहान जानकी गाउँपालिका–७ गोलौरीका प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
null
उनले श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दियो ।
घरको बार्दलीमा झुण्डिएर छट्पटाइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेका थिए । तर उनी बाँच्न असफल भए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भयो ।
उनीहरुका दुई छोरा छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको टीकापुरका डीएसपी सिंहले जानकारी दिए ।
२०७५ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








