बालबालिकाको जिज्ञासा मेट्दै प्रधानमन्त्रीले भने, ‘निर्मला प्रकरणमा सरकार गम्भीर’

 

पुस १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालबालिकासँग अन्तरक्रिया गरेका छन्। 

आज दिउँसो काडमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा नेपाल स्काउटले आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले नयाँ पुस्ता प्रतिभावान भएको बताए । 

null

उनले नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिँदै विद्यमान शिक्षा प्रणालीमा उल्लेख्य सुधार गरिने बताए । 

त्यस्तै उनले मुलुकका बालबालिकाको अनुहारमा खुशी देख्दा आफू पनि खुशी हुने बताए । ‘बालबालिकाको अनुहारमा खुशी देखेँ भने म पनि खुशी हुन्छु। मानिसहरु भोकबाट मुक्त भएमा तथा समाज समतामुलक भएमा, गरिबी हटेमा सबै नेपाली सँगै म पनि खुशी हुन्छु’, प्रधानमन्त्रीले भने । 

बालबालिकाले प्रधानमन्त्री ओलीलाई बाल्यकालबारे राखेकाे जिज्ञासामा प्रम ओलीले आफू प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाए । ‘म स्कूल पढ्दा दुई किसिमको होमवर्क गर्थेँ । एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्कः घाँस दाउरा, गाई बाख्राको हेरचाह लगायतका सबै होमवर्क कुशलतापूर्र्वक गर्थेँ’, उनले भने । 

त्यस्तै प्रधानमन्त्री ओलीले बालबालिकाहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई किन महत्व दिइएको भन्दै गरेको प्रश्नमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको जवाफ दिए । 

‘मातृभाषा र राष्ट्रिय भाषा हामी सबैलाई प्यारो लाग्छ । तर आधुनिक ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याउन तथा विभिन्न देशमा घुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक छ’, प्रधानमन्त्रीले भने । 

कार्यक्रममा विद्यार्थीहरुले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको विषयमा पनि प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । विद्यार्थीहरुको जिज्ञासाबारे प्रधानमन्त्रीले भने, ‘यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भीर भएर लागेको छ । बलात्कारी तथा हत्याराको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्।’ 

प्रम ओलीले सुरुवाती चरणमा प्रहरीबाट गल्ती भएका कारण पनि दोषी पत्ता लगाउन मुश्किल भएको स्वीकारे । उनले अहिले उच्चस्तरीय छानविन समिति गठन गरेर अनसुन्धान भइरहेको जानकारी दिए । 

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुःखद् भएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =