एनआइसी एशिया बैंकको एकै दिन दुई शाखा र एक शाखारहित बैकिङ्ग सेवा सुचारु

“
काठमाडौं, जेठ २८ । एन आई सी एशिया बैंकले एकै दिन दुई शाखा तथा एक शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले सर्लाहीको बरहथवा नगरपालिका–५, बरहथवा र बागमती नगरपालिका वडा नं १२, बागमती शाखा विस्तार गरेको छ भने, झापा विर्तामोड नगरपालिका स्थित गरामनीमा शाखारहित बैकिङ्ग सेवा सञ्चालन गरेको हो ।
हिजो आइतबार सर्लाहीको बरहथवा शाखाको उद्घाटन बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासले गरेका थिए भने, बागमती शाखाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले गरेका थिए ।
झापा स्थित बिर्तामोड नगरपालिकाको गरामनी बजारको नवाैं शाखारहित बैंकिङ्ग सेवा प्रदेश नं. १ (२ क) का प्रदेश सभासद एकराज कार्कीले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा राजमणि पौडेललाई नियुक्त गरेको छ ।
एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११६ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ ।
हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
“








