दाताको खर्च: ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण

काठमाडौं, जेठ २३ । संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ ।

संसद् सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैया बजेट छुट्याएर पनि राष्ट्रंघीय विकास कार्यक्रम युएनडीपि को लगानीमा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो ।

बुभबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउने जनाईएको छ ।

प्रशिक्षण आयोजक संसद् सचिवायलय भनिए पनि सम्पुर्ण खर्च युएनडिपीले बेहोर्ने जानकारी श्रोतले दियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =