फागुन ४ गते ‘कान्छी’ र ‘मंगलम’को भिडन्त

काठमाडौं, पुस २३ । फिल्म ‘कान्छी’ र ‘मंगलम’ फागुन ४ गतेबाट प्रर्दशन हुने भएका छन् ।  ‘मंगलम’को प्रदर्शन मिति फाइनल भइसके पछि  ‘कान्छी’ को मिति फाइनल भएको हो ।

यसअघि माघ २६ गते प्रदर्शनमा आउने भनि मिति तोकीएको फिल्म ‘कान्छी’ ले  अनमोल केसीको फिल्म ‘कृ’ आएपछि रिलिज मिति सारेको हो ।

माघ २६ बाट फागुन ४ मा मिति सारेको ‘कान्छी’ यो मितिमा पनि एक्लै रिलिज हुन पाएन । नायिका श्वेता खड्का र नायक दयाहाङ राईको फिल्म यो मितिमा आउनु अगाडि नै फिल्म ‘मंगलम’को प्रदर्शन मिति फाइनल गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =