एमाले र माओवादीबीचको एकता सत्ताको जोडघटाउ मात्र– कांग्रेस

प्यूठान, जेठ १० । नेपाली कांग्रेसका नेता धनराज गुरुङले एमाले र माओवादीबीचको एकतालाई सत्ताको जोडघटाउ भनेर टिप्पणी गरेका छन् । प्युठानको बिजुवारमा नेपाल प्रेस युनियनले बिहिबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले पार्टी एकीकरणले मात्र मुलुक नबन्ने तथा एकता केवल सत्ताको जोड घटाउ मात्रै भएको भन्दै टिप्पणी गरेका हुन् ।

नेता गुरुङले भने, नेताहरुको अलिशान जीवन शैलीले मुलुक परिवर्तन हुन सक्दैन । उनका अनुसार, सुगाको जस्तो रटानले सुशासन आउँदैन, सुशासनको शुरुआत प्रधानमन्त्री केपी ओलीबाटै हुनुपर्छ ।

कागले कराएको जस्तो, सुगाले रटान लगाएजस्तो गरेर सुशासन आउँदैन । प्रधानमन्त्री, मातहतमा सुशासन हुनु पर्छ, उनले भने ।

नेपाली राजनीतिमा नैतिकता हराएको बताउँदै उनले राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएको टिप्पणी गरे ।

उनले भने, ‘कहिलेसम्म नेपालीले परिवर्तनका लागि योगदान गर्ने ? अब परिवर्तनको महसुस हुनैपर्छ ।’

मुलुक संघीय संरचनामा गए पनि नेपाली कांग्रेस अझै पुरानै संरचनाअनुसार चलिरहेको भन्दै उनले पार्टीको विधान संशोधनमा जोड दिए । सरकारले गर्ने राम्रो काममा सहयोग गर्दै कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =