सानिमा लाईफ र गैर आवासीय नेपाली संघबीच सम्झौता

काठमाडौँ, जेठ ७ । सानिमा लाईफ इन्स्योरेन्स लिमीटेड र गैर आवासीय नेपाली संघबीच सम्झौता भएको छ । सोमबार (आज) सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ (Non-Resident Nepali Association-NRNA) बीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधि युक्त जीवन वीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सानिमा लाईफ इन्स्योरेन्स लि.का सञ्चालक घनश्याम थापा, NRNAsf Vice president  सपीला राजभण्डारी, NRN NCC Russia का Patron खेमराज लामिछाने लगाएतको उपस्थीतिमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा NRNA का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरेको सानिमा लाइफ इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =