खानेपानीमन्त्री बिना मगरका पूर्वपतिसहित ३ जनाले गरे आत्मसमर्पण
२०७६ जेठ १४ गते

जेठ १३, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारसहित ३ जनाले आत्मसमर्पण गरेका छन् ।
जिल्ला इन्चार्ज शंकरसहित ३ जनाले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।
null
मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’ सँगै पक्राउ अधिकारी, संजिव कार्की र देवराज घिमिरेले आत्मसमर्पण गरेकोे प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए । अधिकारी खानेपानीमन्त्री बिना मगरका पूर्व पति हुन्।
प्रमुख जोशीका अनुसार उनीहरुले विप्लव नेकपा पार्टी परित्याग गरी पार्टीको सम्पूर्ण गतिविधि, हिंसाको बाटो त्यागेका छन् ।
सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएसँगै ध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्दै आएको छ ।
२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








