‘सर्भिस ट्रयाक’ निर्माण शुरु

भक्तपुर, १८ पुस । मध्यपुरथिमि नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रदेखि शङ्खधर चोकसम्मको छ लेन सडकमा ‘सर्भिस ट्रयाक’ निर्माण शुरु भएको छ । 

प्रतिनिधिसभा सदस्य महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज सो ट्रयाकको शिलान्यास गरे । 

सो अवसरमा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले भक्तपुरको सडकलाई सफा, शान्त, जाममुक्त, सुरक्षित र उज्यालो सडक बनाउने अभियान सञ्चालन भएको बताउँदै सोही अभियानस्वरुप अहिले मध्यपुरथिमि नगरपालिकाका क्षेत्रमा निर्माण हुन बाँकी रहेका सर्भिस ट्रयाकको निर्माण शुरु भएको जानकारी दिए। 

null

सडकको दायाँबायाँ रहेको सर्भिस ट्रयाकलाई छुट्टै मोटरसाइकल लेन बनाएपछि मोटरसाइकल दुर्घटनामा न्यूनीकरण हुने विश्वास व्यक्त गर्दै उनले भक्तपुरलाई जाममुक्त र दुर्घटनामुक्त सडक बनाउने अभियान शुरु भइसकेको बताए । 

सांसद बस्नेतले भने, “सर्भिस ट्रयाक निर्माण सम्पन्न भएसँगै मोटरसाइकल लेन छुट्टै हुनेछ, त्यसले जामलाई पनि कम गर्नेछ, छ लेन सडकमा निर्माण भइरहेको हनुमन्ते र मनोहरा नदीको पुल निर्माण सम्पन्न भएसँगै जाम कम हुन्छ, यो राजमार्गलाई सफा, शान्त र हरियाली बनाउन सरसफाइ, वृक्षरोपण कार्य अभियानकैरुपमा अगाडि बढाएको छ ।” 

कोटेश्वर भक्तपुर सडकलाई जाममुक्त बनाउन जडीबुटीबाट नरेफाँट हँुदै बालकुमारी जाने सडकको आँखा अस्पताल नजिकै रहेको हनुमन्ते खोलामा तत्कालका लागि बेलिब्रिज निर्माण शुरु भएको उनले बताउए । 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्षयरोग अस्पतालदेखि शङ्खधर चोकसम्मको ५०० मिटर क्षेत्रफलमा नगरपालिका आफैँले सर्भिस ट्रयाक निर्माण गर्न लागेको जानकारी दिए । 

नगरपालिकाले यसका लागि तत्काल रु ५० लाखको बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले सर्भिस ट्रयाक निर्माण सम्पन्नसँगै दुर्घटना न्यूनीकरणसमेत हुने बताउए । 

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं ४ का वडाअध्यक्ष कुमार श्रेष्ठलगायतले अरनिको राजमार्गलाई दुर्घटनामुक्त राजमार्ग बनाउन लागिपरेको धारणा व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =