रेडक्रसकाे एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी अवस्थामा

असाेज २५, काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीले चीनका महामहिम राष्ट्रपति सी जिनपिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ ।     

जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोध बमोजिम केन्द्रीय कार्यालय कालिमाटीमा यो विशेष व्यवस्था गरिएको हो । मेडिकल पर्सन, उपकरणहरु सहित २ वटा ख वर्गका एम्बुलेन्सहरुका साथै प्राथमिक उपचारक टोली राष्ट्रपतिको भ्रमणका २ दिन केन्द्रीय कार्यालयमा स्ट्याण्डबाई रहने नेपाल रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहराले बताए । 

एम्बुलेन्स तथा प्राथमिक उपचार नेपाल रेडक्रसका नियमित गतिविधिहरु हुन् र उच्च स्तरीय भ्रमणको सिलसिलामा केन्द्रीय कार्यालयमा यो विशेष व्यवस्था गरिएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =