प्रधानमन्त्रीको प्रश्नः बम पड्काउने आतंककारीलाई अब के चाहियो ?

 

जेठ १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको बताएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले भने, ‘विप्लव समूहको पैसा उठाउने बाहेक केही उद्देश्य छैन । म सोध्न चाहन्छु, हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ? अब के चाहियो ?’ 

सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको उनको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताको विषयमा सरकार संविधानभन्दा विपरीत नजाने स्पष्ट पार्दै पत्रकारितामा कतिपय विसंगति देखिएको भन्दै उनले सुधार गर्नुपर्ने बताए । 

‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सिमा नाघ्न मिल्दैन । सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ,’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =