काँग्रेस प्रवक्ता शर्माको भनाई : अब बन्द हड्ताल गर्नु पर्दैन

दमक, वैशाख २९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएकाले अब युवाहरुले बन्द हड्ताल गर्नु पर्ने दिनको अन्त्य भएको बताएका छन् ।

झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै पवक्ता शर्माले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गरे ।

बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले शनिबार दमकमा आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताए।

उनले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त गर्न नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *