यस्तो सरकार नेपालमा लामो समय टिक्दैनः सभापति देउवा

जेठ १९, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टाचार भएको उनको दाबी छ ।
null
‘सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल विधेयक ल्याएको छ । स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य हुँदैन । कांग्रेसले यसको विरोध गर्छ ।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति देउवाले सरकार तानाशाही शैलीमा अघि बढेको आरोप लगाउँदै यस्तो सरकार नेपालमा लामो समय नटिक्ने बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट वितरणमुखी भएको पनि टिप्पणी गरे ।








